मनसुन पूर्वमा सक्रिय, पश्चिममा कमजोर, आज र भोलि कस्तो छ मौसम ??

काठमाडौ : मनसुनी प्रणाली नेपालको पूर्वी क्षेत्रमा सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमभन्दा पूर्वमा सरदर स्थानमा रहेकाले सक्रिय बनेको हो । 

‘बिहीबारसम्म पूर्वमा मनसुन सक्रिय रहने देखिन्छ । विशेष गरी कोशी र मधेशका केही ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘बागमती, गण्डकी र लुम्बिनीमा पनि मनसुन सक्रिय नै रहन्छ, त्यहाँ पनि पानी पर्छ ।’

Dengue

तर, पश्चिममा भने दक्षिणतिर सरिरहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा भने आगामी तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको मानन्धरले बताइन् ।

यसअघि आइतबारसम्म पश्चिम नेपालकेन्द्रित वर्षा भएको थियो । सोमबार र मंगलबार पूर्वी क्षेत्र केन्द्रित वर्षा भएको छ । सोमबार साँझदेखि मंगलबार साँझसम्म सुनसरीको चतरामा १७१.८, संखुवासभाको खाँदबारीमा १५५.४, धनकुटामा १४२.४ र उदयपुरमा १४४ मिलिमिटर वर्षा मापन भएको छ, ती क्षेत्रमा भारी वर्षा भएको हो ।

बुधबार : कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा धेरै भारी तथा कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानसँगै बागमतीका एक–दुई स्थानमा भारी वर्षाको आकलन । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको पश्चिमी क्षेत्रमा भने ठूलो वर्षाको सम्भावना नरहेको ।

बिहीबार : कोशी, मधेश, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको आकलन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार