युवती जिस्क्याएको निहुँमा युवकको हत्या, नाबालकसहित ४ जना पक्राउ

काठमाडौँ : विराटनगरमा सोमबार राति कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोनु गिरी, दावा सेर्पा, सञ्जय पुरी र एक जना नाबालक छन् । 

Dengue

विराटनगर महानगरपालिका– २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै कैँचीले प्रहार गरेर कामतको हत्या गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

‘कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो,’ उनले भने ‘गम्भीर अवस्थामा भेटिएका कामतको उपचारका क्रममा मृत्यु भएको छ ।’

उक्त घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । घाइतेमध्ये रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुवै जनाको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रायको कोखा र ढाडमा चोट देखिएको छ भने मण्डलको पाखुरा र ढाडमा चोट लागेको छ ।

बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

‘घटना भएको स्थानमा आइतबार पक्राउ परेका एक जनाका आफन्त केटीसँग गफ गरेर बसेका रहेछन्,’ डीएसपी बस्नेतले भने ‘कामत समूहका केटाले केटीलाई जिस्क्याएछन् । त्यही विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’

प्रहरीका अनुसार आइतबार नै दुई समूहबीच भनाभन भएको थियो ।

पछि हत्या गर्ने योजनासहित चार जनाको समूह आएको देखिएको प्रहरीले जनाएको छ ।

‘सोमबार कामतसहितको केटाहरूलाई देख्ने बित्तिकै हिजो जिस्क्याउने यिनीहरू नै हुन् भनेर एक्कासि आक्रमण गरेका रहेछन्,’ बस्नेतले भने ।​

पक्राउ परेका भोजपुरका सञ्जय विराटनगरमै डेरा गरी बस्ने गर्छन् भने सेर्पा ताप्लेजुङका हुन् ।​​ उनी पनि विराटनगरमै बस्छन् ।

अन्य दुई जनाको घर भने विराटनगर नै भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार