मेस्सीले क्यानडाविरुद्धको सेमिफाइनल खेल्ने

एजेन्सी : अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्ने निश्चत भएको छ।

मेसीको ह्याम्स्ट्रिङको चोटका कारण एक खेल गुमाएका थिए। तर उनी क्वार्टर फाइनलमा भने उपलब्ध थिए। तर उक्त खेलमा पनि उनी पूर्ण फिट नरहेको अनुमान गरिएको थियो।

SHIKHAR COOL TECH

प्रशिक्षक लियोनल स्कालोनीले मेस्सी फिट रहेको र बुधबार बिहान क्यानडाविरुद्ध मैदान उत्रिने बताएका हुन्।

‘लिओ ठीक छन् । उनले राम्रो खेले । त्यसैले भोलिको खेलमा उनी खेल्नेछन् । हामी शान्त छौं,’ स्कालझनीले सोमबार भएको प्रेस कन्फ्रेन्समा भने, ‘उनले लेभल राम्रो देखिएको छ र उनी हामीलाई आवश्यक छन्।’

साविक विजेता अर्जेन्टिनाले बुधबार बिहान पहिलो सेमिफाइनलमा क्यानडाको सामना गर्दै छ।

अर्जेन्टिना र क्यानडा जारी कोपामा दोस्रो पटक आमने सामने हुँदैछन् । यसअघघि समूहको पहिलो खेलमै अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार