क्यानडा पहिलोपटक कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौँ : पेनाल्टी सुटआउटमा भेनेजुएलालाई पाखा लगाउँदै क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो ।

पेनाल्टी सुटआउटमा भेनेजुएलाका यांगेल हरेरा, जेफ्रेसन साभारिनो र विल्कर एन्जेल गोल गर्नबाट चुके । यता क्यानडाका लियाम मिलर र स्टेफन एस्टासियोले गोल गर्न सकेनन् । इस्माइल कोनेले निर्णायक पेनाल्टीमा गोल गर्दै क्यानडालाई ४–३ को जित दिलाए ।

Dengue

यसअघि, निर्धारित समयको खेलमा क्यानडाले पहिले अग्रता लिएको थियो । ज्याकब साफलबर्गले १३ औँ मिनेटमा गोल गरेका थिए । तर, दोस्रो हाफको ६४ औँ मिनेट होसे सलोमोन रोनडोनले भेनेजुएलाका लागि बराबरी गोल फर्काएका थिए ।

जारी प्रतियोगिताको प्रारम्भिक चरणमा क्यानडा समूह ‘ए’ मा रहेको थियो । क्यानडा आफ्नो समूहको उप–विजेता बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको थियो । समूहगत चरणमा क्यानडाले तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो ।

क्यानडा समूहगत चरणको आफ्नो पहिलो खेलमा बलियो अर्जेन्टिनासँग ०–२ गोलले पराजित भएको थियो । दोस्रो खेलमा क्यानडाले पेरुलाई १–० गोलले हराएको थियो । तेस्रो खेलमा क्यानडाको टोली चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार