अष्ट्रेलियालाई हराएपछि नइबले भने – हाम्रो यात्रा अब सुरु भयो

एजेन्सी : अफगानिस्तानका तिब्र गतिका बलर गुलबदिन नइबले अष्ट्रेलियाविरुद्ध खेलिएको टी–२० विश्वकप २०२४ को ४८ औं खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यस खेलमा अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक अस्ट्रेलियाविरुद्ध जित दर्ता गरेको छ ।

Dengue

अफगानिस्तानको यो ऐतिहासिक जितमा गुलबदिन नइब खेल विजेताको रुपमा उभिए जसले ४ विकेट लिएर कंगारु टोलीलाई ध्वस्त पारे । यो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी प्लेयर अफ द म्याच पनि बनेका थिए ।

गुलबदिनले यो खेलपछि पोस्ट म्याच कन्फरेन्समा भने – हामी लामो समयदेखि यो जितको प्रतीक्षामा थियौं । यो मेरो लागि मात्र होइन, मेरो देश र मेरा जनताका लागि विशेष क्षण हो । यो हाम्रो क्रिकेट टोलीको लागि ठूलो उपलब्धि हो । मसँग मेरो खुशी व्यक्त गर्ने शब्द छैन, तर मलाई सधै साथ दिने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यो सम्पूर्ण टिमको मिहिनेत हो जुन उनीहरुले विगत दुई महिनादेखि गरिरहेका छन् र नतिजा तपाईहरुको सामु छ ।

उनले अगाडि भने – भगवानलाई धन्यवाद, हामीले अन्ततः अष्ट्रेलियालाई पराजित गर्यौं । हाम्रो विगतको नतिजालाई हेर्ने हो भने खास केही छैन, तर हामीले विगत १० वर्षमा जे हासिल गरेका छौं त्यो ठूलो उपलब्धि हो । हामीले राम्रो खेल खेल्यौं र पहिलो राउण्डमा न्युजिल्यान्डलाई हरायौं र अब अस्ट्रेलियालाई हरायौं, यो सजिलो थिएन । यो विश्व च्याम्पियन टोली हो र तिनीहरूलाई हराउनु हाम्रो लागि ठूलो सफलता हो । हामी यो फर्म जारी राख्नेछौं ।

आअफगानिस्तान क्रिकेट टोलीले सुपर ८ मा अस्ट्रेलियाली टोलीलाई हराएर क्रिकेट इतिहासमा सबैभन्दा ठूलो अपसेट सिर्जना गरेको थियो । यसरी अफगान टोलीले २०२३ को एकदिवसीय विश्वकपमा अष्ट्रेलियासँगको हारको बदला पनि लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार