हार्दिक पाण्ड्यालाई पछि पार्दै दीपेन्द्रसिंह ऐरी पुगे अलराउन्डरको छैठौँ नम्बरमा

काठमाडौँ : नेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन ।

दीपेन्द्र अब भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका छन् । टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा अन्तर्राष्ट्रियका मार्कस स्टोइनिस शीर्ष स्थानमा छन् ।

Dengue

यस्तै ब्याटिङ वरियतामा पनि पाँच स्थान सुधार गरेर ऐरी ४६औँ स्थानमा पुगेका छन् । टी–२० को बलिङ वरियतामा पनि दीपेन्द्रले २७ स्थान सुधार गरेर ९६ स्थानमा पुगेका छन् । दीपेन्द्रभन्दा अघि नेपालका सोमपाल कामी आठ स्थान सुधार गरेर ९१ औँ स्थानमा पुगेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार