दुवै आईजीसहित किन जाँदैछन् गृहसचिव अमेरिका

काठमाडौं : गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा जाने भएका छन् ।

आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको छ ।

Dengue

हरेक वर्ष आयोजना हुने विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन गृहसचिव अर्यालसहित प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका जान लागेका हुन् ।

गत वर्ष महानिरीक्षक कुँवरको अमेरिका भ्रमण तय भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अन्तिम चरणमा पुगेकाले भ्रमण रोकिएको थियो ।

यसपटक गृहसचिव पनि जान लागेका हुन् । उनीहरुको भ्रमण एक साता लामो हुने गृह मन्त्रालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार