जेठमा ७३ हजार नेपाली वैदेशिक रोजगारीमा, दक्ष भएर जानेको सङ्ख्या बढ्दै

काठमाण्डौ : जेठ महिनामा झण्डै ७३ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो सङ्ख्या चालु आर्थिक वर्षका अरु महिनाहरूको तुलनामा धेरै हो । जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठ सम्ममा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६ लाख ८२ हजार ३ सय ८६ रहेकोे छ । साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मङ्सिरमा ६८ हजार २ सय १, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३ र वैशाखमा ७० हजार ६ सय ३७ जना वैदेशिक रोजगारीमा गएका थिए ।

Dengue

 वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागकाअनुसार पोहोर साल जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत रहेकोमा यस वर्षको जेठमा ७१ प्रतिशत पुगेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार