इजरायली प्रधानमन्त्री नेतान्याहुले विघटन गरे ‘वार क्याबिनेट

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय ‘वार क्याबिनेट’ विघटन गरेका छन् ।सदस्यहरू बेन्नी गान्ट्ज र गाडी इसेनकोटले एक साताअघि क्याबिनेटबाट अलग भएका थिए । उनीहरू क्याबिनेटका महत्वपूर्ण सदस्य थिए ।उनीहरू क्याबिनेट अलग भएको करिब एक हप्तापछि नेतान्याहुले विघटन गरेका हुन् ।

इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्ध जस्ता संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ ।इजरायली सेनाले यो निर्णयले आफ्नो कार्यमा असर नपर्ने बताएको छ ।

Dengue

बेनी र इसेनकोटले गाजामा तनाव अन्त्य गर्ने नेतान्याहूसँग कुनै योजना नभएको आरोप लगाउँदै क्याबिनेटबाट राजीनामा दिएका हुन् ।अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले वार क्याबिनेट गठन गरेका थिए । वार क्याबिनेटमा दुई पूर्व सेना प्रमुख पनि सदस्य बनेका छन् ।

अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायली सेनामाथि हमला गरे र यस हमलामा १२०० जनाको मृत्यु भएको थियो ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३७ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार