टी–२० विश्वकपमा नेपाल फेरि पनि ब्याटिङमै समस्या

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेटमा निराशाजनक ब्याटिङ नेपालको पुरानै समस्या हो । अन्तिम समयमा ब्याटिङमा चिप्लिएकै कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अप्रत्याशित हार ब्यहोर्नु परेको छ । नेपाली क्रिकेटले विगतमा यस्ता नमिठा क्षण धेरैपटक ब्यहोरेको छ ।

यस्तै नियति नेपालले हाल वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा पनि भोग्नु पर्‍यो । यो विश्वकपमा नेपालले तीनवटा खेल खेल्यो । ती तीनवटै खेलमा कमजोर ब्याटिङ र खराब फिल्डिङ नै नेपाली टोलीको अप्रत्याशित हारको कारण बन्न पुग्यो ।

Dengue
cricket nepal

समूहगत चरणमा नेपाल र श्रीलंकाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपाली टोली १० वर्ष लामो प्रतीक्षापछि दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको थियो । यो उपलब्धि हासिल गर्न नेपालले लामो समय अनवरत सङ्घर्ष गर्नुपरेको थियो ।

 पुरानो उपलब्धि दोहोर्‍याउन पनि असफल

nepali

तर, नेपालले यो विश्वकपमा १० वर्षअघिको उपलब्धि पनि दोहोर्‍याउन सकेन । सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकपमा सहभागी हुँदा नेपालले समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो ।

त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । समूह ‘बी’ मा भने जिम्बाबे, नेदरल्यान्ड्स, आयरल्यान्ड र यूएई रहेका थिए ।

दुबै समूहबाट एक–एक टोली ‘सुपर टेन’ चरणमा पुग्ने प्रावधान थियो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली टेस्ट राष्ट्र बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

यसैगरी समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो । समूहगत चरणमा नेपाल र बंगलादेश दुबैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । बंगलादेशी टोली भने हङ्कङसँग दुई विकेटले पराजित भएको थियो ।

समूहगत चरणमा नेपाल र बंगलादेशको चार–चार अंक थियो । तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो ।

त्यो विश्वकपमा नेपाल झिनो अन्तरका कारणमात्र ‘सुपर टेन’ चरणमा पुग्नबाट बञ्चित भएको थियो । त्यो विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनकै कारण नेपालले अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यान आफूतिर तानेको थियो ।

तर, १० वर्षपछि छनोट चरण पार गर्दै फेरि विश्वकप यात्रामा होमिएको नेपालले आफूलाई पुरानो उपलब्धिनजिक समेत पुर्याउन सकेन । ब्याटिङमा लगातार खराब प्रदर्शन नै यसको प्रमुख कारण बन्न पुग्यो । आफूले खेलेको तीनवटै खेलमा नेपालको ब्याटिङ निकै कमजोर रह्यो ।

जारी विश्वकपमा नेपालले तीनमध्ये एक खेलमा पहिले ब्याटिङ गर्‍यो भने बाँकी दुई खेलमा जवाफी ब्याटिङ गरेको थियो । जारी विश्वकपमा नेपालले बनाएको उच्च स्कोर एक सय १४ रन हो । पहिले ब्याटिङ गरेको खेलमा पनि नेपाल एक सय ६ रनभन्दा अगाडि बढ्न सकेको थिएन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार