टी–२० विश्वकपः सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लाग्यो

काठमाडौं : आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । सोमवार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई र श्रीलंकाले नेदरल्यान्ड्लाई हराएसँगै सुपर ८ मा पुग्ने टोलीको टुंगो लागेको हो । नेपाललाई पराजित गरेपछि बंगलादेश समूह ‘डी’मा दोस्रो हुँदै सुपर ८ मा पुगेको हो । यता नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि नै बाहिरिएको नेपाल भने १ अंकका साथ अन्तिम स्थानमा रहेको छ । यो समूहबाट दक्षिण अफ्रिका शीर्ष स्थानमा रहन सफल भएको छ । सुपर ८ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इंग्ल्यान्ड, वेष्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका छन् ।

Dengue

समूह ‘सी’का खेल अझै सकिएका छैनन् । आयोजक वेस्ट इन्डिज र अफगानिस्तान तथा पपुवा न्युगिनी र न्युजिल्यान्डबीचको खेल हुन बाँकी छ । तर यसको नतिजाले खाली समूह विजेता को बन्ने भन्नेमा मात्रै असर पर्छ । यो समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर ८ मा पुगिसकेका छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । टी–२० विश्वकप गत जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा जारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार