बंगालदेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, सुपर-८ पुग्ने सम्भावना बलियो

काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकपमा दोस्रो जित निकाल्ने क्रममा बंगलादेश नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ । बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा डच टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनमात्र बनाएको हो ।

डच टिमका साइब्रान्ड एंगलब्रेटले ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एड्वार्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ र म्याक ओ‘डोडले १२ रन थपे ।

Dengue

बंगलादेशका रिसाद हुसैनले तीन विकेट लिए । तक्षिन अहमेदले दुई विकेट लिँदा मुस्ताफिजुर रहमान, तान्जिन हसन सान्टो र महमुदुल्लाहले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।

वर्षाका कारण करिब आधा घण्टा ढिलो सुरु भएको खेलमा साकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । उनले ४५ बलमा नौ चौका प्रहार गरे । तान्जिन हसनले ३५ रन थप्दा महमदुल्लाहले २५ र जाकेर अलीले १४ रन थपे ।

नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए । टिम प्रिंगलले एक विकेट हात पारे ।

जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेशले सुपर–८ को सम्भावना बलियो बनाएको छ । बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार