ओरालो झर्ने क्रममा बोलेरो खस्यो : तीन जनाको मृत्यु, दुई घाइते,

काठमाडौं : पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

बुधबार राति लु २ च ८५३१ नम्बरको जिप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुईजना घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Dengue

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितका अनुसार सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा–३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको हो ।

घटनामा बुटवल–९ मिलनचोकका ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल–११ का ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार