टी-२० वरीयता : अमेरिकाले नेपाललाई उछिन्यो

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा नेपाल एक स्थान खस्किएको छ । अमेरिका र वेस्ट इण्डिजमा जारी विश्वकपमा नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल १७औँबाट १८औँ स्थानमा झरेको हो ।

नेपाल एक वरीयता खस्कँदा अमेरिका १७औँ स्थानमा उक्लिएको छ । जारी विश्वकपमा पाकिस्तान र क्यानडालाई हराएपछि अमेरिकाले वरीयतामा पनि सुधार गरेको हो । टी-२० वरीयताको शीर्ष स्थानमा भारत कायमै छ ।

Dengue

टिमको वरीयता खस्किए पनि नेपाली टिमका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले टी-२० अलराउन्डतर्फको वरीयतामा एक स्थान सुधार गरेका छन् । योसँगै उनी नवौँ स्थानमा उक्लिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार