काठमाडौं : काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५१५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दनुहोस्