सापटी दिएको रकम फिर्ता माग्दा हत्या

दोलखा : सापटी दिएको रकम फिर्ता माग्दा भीमेश्वर नगरपालिका १ मा वृद्धको हत्या तथ्य खुलेको छ । एक वर्षअघि छिमेकी ५२ वर्षीय गणेश घिमिरेलाई स्थानीय ७७ वर्षीय झिलकबहादुर विश्वकर्माले २ लाख सापटी दिएका थिए । सोही रकम माग्दा उनको छिमेकी घिमिरेले हत्या गरेको प्रहरीले जनाएको छ । 

लिएको सापटी तिर्न घिमिरेले आनाकानी गर्दै आएका थिए । घिमिरेले गएको जेठ १७ गते बिहान विश्वकर्मा घर निजिकै गोरेटोमा एकान्तमा एक्लै हिँडेका मौकामा पछाडिबाट हथौडाले हानेर हत्या गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।’

Dengue

ऋणबाट मुक्त हुनका लागि छिमेकी घिमिरेले देवाली पूजा मनाउन घर आएका बेला हत्या गरेको प्रारम्भिक बयानमा खुलेको छ,` खड्काले भने, ´हत्या गरेर उनले विश्वकर्माको शव तीन कान्ला मुनि लगेर ढुंगाले घाँटीमा किचेको अवस्थामा २ दिन पछि फेला पारेका थियौं ।` हत्यालगत्तै परिवारलाई समेत जानकारी नदिई उनी गाउँ छाडेर काठमाडौं फरार भएका थिए । उनलाई काठमाडौं प्रहरीको सहयोगमा पक्राउ गरेर दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

वृद्व हत्यामा संलग्न घिमिरेलाई दोलखा प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार