विश्वकपमा नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको आत्मविश्वास कस्तो छ?

काठमाडौँ : अमेरिकाले भिषा (प्रवेशाज्ञा) दिन अस्वीकार गरेपछि विश्वकप खेल्नबाट बञ्चित भएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेदरल्यान्डविरुद्धको खेलअघि नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

टी–२० विश्वकपको नवौँ संस्करणमा नेपालले मंगलबार राति नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१ः१५ बजे सुरु हुनेछ । अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु हुनुभन्दा करिब चार घन्टाअघि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।

Dengue

उनले विश्वकप यात्रामा होमिएका नेपाली खेलाडीलाई सफलताको शुभकामना दिँदै भनेका छन्, ‘उत्कृष्ट प्रदर्शनका लागि मेरो शुभकामना छ । प्रतियोगितामा तपाइँहरु उत्कृष्ट प्रदर्शन गर्नुहोस् । नेपालको गौरव बढाउनुस् । जय नेपाल ।’

सन्दीपलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । त्यसपछि उनी पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले भने सन्दीप निर्दोष रहेको निर्णय सुनाएको थियो ।

त्यसपछि सरकार र नेपाल क्रिकेट संघले सन्दीपलाई विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज पठाउने तयारी अगाडि बढाएका थियो । तर, अमेरिकाले दुईपटकसम्म सन्दीपलाई भिषा दिन अस्वीकार गरेको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार