रतुवा खोलाले जीप बगायो, दुई जनाको मृत्यु

विराटनगर : रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ । जीपमा सवार दुई जनाको मृत्यु भएको हो ।

इलामको चुलाचुली गाउँपालिका–५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो ।

Dengue

बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका–५ की अन्दाजी ३० वर्षीय शर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जीपमा सवार निरु लिम्बु घाइते भएकी छन् ।

लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।

प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार