अमेरिकाविरुद्ध क्यानडाको उत्कृष्ट ब्याटिङ, धालिवालको अर्धशतक पूरा

काठमाडौं : नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध क्यानडाका पूर्वकप्तान नवनीत धालिवालले अर्धशतक पूरा गरेका छन् ।

उनले ३६ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका हुन् । टी–२० आईमा धालिवालको यो सातौं अर्धशतक हो । 

Dengue

उनकै उत्कृष्ट ब्याटिङको मद्दतमा क्यानडाले राम्रो ब्याटिङ गरिरहेको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले १२ ओभरमा २ विकेट गुमाएर १०२ रन बनाएको छ । 

जारी संस्करणको विश्वकपमा पहिलोपटक २० देशले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपालले पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ । 

त्यसपछि नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशको सामना गर्नेछ । नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।     
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार