टी-२० विश्वकप सुरु, पहिलो खेलमा अमेरिका र क्यानडा प्रतिस्पर्धा गर्दै

काठमाडौं : आईसीसी ट्वान्टी–२० विश्वकप अमेरिकामा सुरु भएको छ । 

प्रतियोगिताको पहिलो खेलमा आज घरेलु टोली अमेरिका र क्यानडा प्रतिस्पर्धा गर्दैछन् । खेल अमेरिकाको टेक्सासस्थित डालासमा नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु भएको छ । 

Dengue

डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।

नेपालले भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै टी–२० विश्वकपमा सुरुवात गर्नेछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् भने समूह ‘ए’ मा पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् ।

समूह बी मा स्कटल्यान्ड, ओमान, इंग्ल्यान्ड, अष्ट्रेलिया र नामिबिया छन् । समूह सी मा पपुवा न्युगिनी, न्युजिल्यान्ड, वेष्टइण्डिज, अफगानिस्तान र युगाण्डा छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् । सुपर ८ मा दुई समूह हुनेछन् । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार