जिउदैं जन्मेको शिशुको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप, अस्पतालमा व्यापक प्रहरी खटाईयो

धनगढी : कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो।

भट्टलाई सेती प्रादेशिक अस्पतालमा मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो। भट्टले शल्यक्रिया बिना छोरालाई जन्म दिइकी थिइन्। तर, राति पौने १ बजे उनको छोराको मृत्यु भएको अस्पतालले बताएको थियो।

Seti Hospital

आफन्तहरूले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन्। बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भनेको १० मिनेटमा मृत्युको खबर दिएको भट्टका आफन्तले बताएका छन्।

अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। तर, अस्पतालले शिशुको मृत्यु हुनुको कारण खुलाएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार