क्यानडा संगको पहिलो टेस्ट खेलमै हार्यो नेपाल

काठमाडौं : आइसिसी टि-२० विश्वकपको वार्म अप अन्तर्गत पहिलो टेस्ट खेलमा नेपाल क्यानाडासँग हारेको छ ।

ड्यालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

Dengue

क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिन पुग्यो ।

नेपालको शीर्षक्रमका ब्याटरले केही राम्रो सुरुवात पाएपनि ठूलो स्कोर भने बनाउन सकेनन् । मध्य र तल्लोक्रमले भने बिर्सनलायक प्रदर्शन गरे ।

चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा पुगेका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन जोडे । अनिल साहले १६ बलमा २४ रन बनाए । ओपनरद्वय आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंक पुर्याउन सकेनन् ।

सन्दिप जोराले ६ रन बनाउँदा करन केसी र सागर ढकालले समान ५ रन बनाए । सोमपाल कामीले ४ रन बनाए । कप्तान रोहित पौडेल १ रनमा आउट भए । गुलशन झा र अविनाश बोहोरा शून्यमा पेभेलियन फर्किए ।

क्यानाडाका लागि डिलन हेलिगर एक्लैले ४ विकेट लिए । जेरेमी गोर्डन र साद विन जफरले २-२ विकेट लिए । कलिम सना र पर्गत सिंहको नाममा १-१ विकेट रह्यो ।
नेपालले दोस्रो वार्म अप खेल अमेरिकासँग मे ३० मा खेल्नेछ ।

जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार