हेर्नुहोस् यस्तो छ तपाईको आजको राशिफल

काठमाडौं : आज २०८१ साल जेठ १४ गते सोमवारको तपाईको दिन यस्तो रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

Dengue

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

आज सामाजिक काममा व्यस्त हुने समय रहेको छ । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्, तर आफन्तहरूको सहयोगले कामहरू बन्नसक्छ । पुनर्मिलनको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

 घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

 वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार