गैरहाजिर १९ प्रहरीलाई प्रधान कार्यालयको निर्देशन- सात दिनभित्र उपस्थित हुनू

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन   निर्देशन दिएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । 

Dengue

खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूसँग स्पष्टीकरणससहित कार्यालय उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी समेत कार्यालयले दिएको छ ।

‘सात दिनभित्र बाटोको म्यादबाहेक गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा अन्यथा तपाईउपर प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१)को खण्ड (च) को कसुरमा ऐन नियमावलीको १०१ को (ख)बमोजिम सेवाबाट हटाइने छ,’ जारी सूचनामा भनिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार