यी प्रदेशमा आज सामान्य वर्षा देखि मेघगर्जन,चट्याङ र हावाहुरी

काठमाडौं : देशका पहाडी भूभागका थोरै स्थानमा  शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। 
 
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

Dengue

पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। 

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार