काठमाडाैं : मेक्सिकोमा चुनावी कार्यक्रममा मञ्च ढल्दा ९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार, घटनामा ५४ जना घाइते भएका छन् ।
सभा भइरहेका बेला तीव्र हावा चलेपछि मञ्च ढलेको थियो । राष्ट्रपतिका एक उम्मेदवारलाई केहीबेरका लागि अस्पताल लागिएको समाचारमा उल्लेख छ । यद्यपि, उम्मेदवार जर्ज अल्भारेज मेनेजले आफू घटनामा घाइते नभएको बताएका छन् । पूवोत्तर शहर सान पेड्रो गार्जा गार्सियामा उनकै अभियान कार्यक्रमका क्रममा यो घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्