काठमाडौँ : सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ।
महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पाइएको जानकारी गराएको हो।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए।
उनले महानगरले खरिद गरेका ६ वटा टिपरकै ब्लू बुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिपरको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए।
महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि उनले बताए।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्