सिप्रदीले बालेनको महानगरलाई ठगेपछी……

काठमाडौँ : सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ।

महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पाइएको जानकारी गराएको हो।

Seti Hospital

 नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए। 

उनले महानगरले खरिद गरेका ६ वटा टिपरकै ब्लू बुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिपरको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए।

महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार