गेष्ट हाउसमा मृत अवस्थामा भेटिए महिला र पुरुष

जनकपुरधाम : जनकपुरधामको रामानन्दचौकमा रहेको होटेल होली डे एण्ड गेष्ट हाउसमा मंगलबार महिला र पुरुष मृत अवस्थामा भेटिएका छन्।

महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र सोही ठाउँ माइत भएकी प्रिया (नाम परिवर्तन) झुन्डिएको अवस्थामा भेटिएका छन्।

Dengue

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार मंगलबार दिउँसो साढे ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको बताए।

कोठाभित्र बालिका रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा दुवैजना झुन्डिएका थिए।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी अवाले दुवैजनाको अनैतिक सम्बन्ध रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रहरी टोलीले घटनास्थल पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ। दुवैजना वैशाख ७ गतेदेखि होटेलमा बस्दै आएको होटेल होली डे एण्ड गेष्ट हाउसका सञ्चालक अजय ठाकुरले बताए। पुरुषका चार र महिलाका १ सन्तान छन्।

महिलाका श्रीमान् कतारमा छन्।

शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार