नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्ने कमलप्रसाद पक्राउ

काठमाडौं : रोजगारीका लागि अनलाइनबाटै मेडिकल जाँच भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका-८ घर भई काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी छन् । उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले गत शनिबार पक्राउ गरेको हो ।

Dengue

पाथीभरा माता नाम गरेको फेक फेसबुक आइडी बनाएर रोजगारीका विभिन्न प्रस्तावहरू समेत प्रचार गरी अनलाइनबाटै फिजिकल फिटनेस जाँच्ने भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोप अधिकारीमाथि छ ।

पक्राउ परेका अधिकारीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार