तीन प्रदेशमा आज पनि वर्षा

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। 

दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान साथै बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको अनुमान छ।

Dengue

महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार