घर निर्माण सम्पन्नको प्रमाणपत्र दिँदा घुस माग्ने पोखराकी इन्जिनियर उषाकिरण पक्राउ

काठमाडौं : पोखरा महानगरपालिकाका सवइन्जिनियर उषाकिरण रोकाया अख्तियारको फन्दामा परेकी छन्‌ । उनलाई पोखरा ५, मालेपाटनबाट अख्तियारले बुधबार राति १ लाख ५० हजार घूससहित पक्राउ गरेको हो ।

अख्तियारले गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ  गरेको छ । कुँवर भने पोखराको महेन्द्रपुलबाट पक्राउ परेका हुन्‌ ।

Dengue

उनीहरुले सेवाग्राहीको घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ घूस लिएको अभियोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आस्मान तामाङले घूस रकमसहित पक्राउ गरिएको पुष्टि गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार