आज घोडेजात्रा : भूतपिशाच भगाउन घोडादौड

काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरे। तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो। 

SHIKHAR COOL TECH

संस्कृतिविद्का अनुसार यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । यो पर्वमा शहरभर घोडा कुदाउने गरिन्थ्यो। बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको संस्कृतिविद् बताउँछन्।

शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी घोडेजात्राको राति टुँडिखेलको त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। 

घोडेजात्राका अवसरमा नेपाली सेनाले  टुँडिखेलमा अश्वकला प्रदर्शन गर्छ।  राष्ट्रपति,  उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र ​ मन्त्रिगणलगायतले सेनाको अश्वकला अवलोकन गर्ने चलन छ। 

यही दिन ललितपुरमा पनि एउटा ‘कानो’ घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।

घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार