काठमाडौं : नेपाल ए टिमले आयरल्यान्ड उल्भ्ससँग आज तेस्रो एक दिवसीय खेल खेल्दैछ।
कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सिरिज भने गुमाइसकेको छ।
नेपालले पहिलो र दोस्रो दुवै लो स्कोरिङ म्याच गुमाएको थियो। पहिलो खेलमा कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिएपछि पाहुना टोली ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भएको थियो। स्पिनरद्वय शाहब आलम र मौसम ढकालले दुई(दुई विकेट लिएका थिए।
यस्तै दोस्रो खेलमा पनि नेपालले १७४ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। नेपालले ६० रनमा सबै विकेट गुमाएर लज्जास्पद हार बेहोरेको थियो।
प्रतिक्रिया दिनुहोस्