आरसीबीको तेस्रो हार

काठमाडौं  : इंडियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी)ले तेस्रो हार बेहोरेको छ। ​ बैंगलोररुमा भएको खेलमा घरेलु टोली आरसीबी लखनऊ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो।

१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटियो।  घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३३ रन बनाए। यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे। फ्याफ डु प्लेसिसले १९ रन बनाए।​

Dengue

लखनऊका मयंक यादवले ३ विकेट लिँदा नभिन उल–हकले २ तथा मनिमरण सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले समान १–१ विकेट लिए ।

त्यसअघि बेंगलूरुको चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन जोड्यो। लखनऊका लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ८१ रन बनाए। यस्तै निकोलास पुरनले ४१ रनको विष्फोटक इनिङ खेले। मार्कस स्टोइनिसले २४ रन बनाउँदा कप्तान केएल राहुलले २० रन जोडे।

आरसीबीका लागि ग्लेन म्याक्सवेलले २ तथा रिस टोप्ली, यश दयाल र मोहम्मद सिरजले समान १–१ विकेट लिए ।

आरसीबी हार पछि ४ खेलमा २ अंक सहित पुछारमाबाट दोस्रो छ। लखनऊ भने ३ खेलमा ४ अंकसहित चौथो छ ।

आईपीएलमा आज  दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार