नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको अन्तिम टी-ट्वेन्टी आज

काठमाडौं : नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ।  एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ।   खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे शुरू हुनेछ।

तेस्रो खेलका लागि मैदान उत्रँदा नेपालले मध्य र तल्लो क्रमका सुधारिएको ब्याटिङ प्रदर्शन, उत्कृष्ट फिनिसिङ र डेथ ओभर बलिङमा सुधार गर्नुपर्नेछ ।

SHIKHAR COOL TECH

निकै नाटकीय बनेका नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचका दुवै खेलमा नेपालले अप्रत्यासित हार बेहोर्यो। मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र खराब डेथ बलिङका कारण नेपालले खेल गुमायो। 

खेलमा केही युवा खेलाडीले यस दौरान प्रभावशाली प्रदर्शन गरे। तर दबाबमा टिम पफर्मेन्स राम्रो नहुँदा र प्राप्त अवसरलाई उपयोग गर्न नसक्दा नेपाल नतिजा सुम्पन पुग्यो। दुवै खेलमा नेपालले लामो समय खेललाई आफ्नो पक्षमा पारेको थियो। 

अब नेपाल आज सिरिज क्लिनस्विप हुन नदिने लक्ष्यसहित मैदान उत्रनेछ। टी–ट्वेन्टी सिरिजपछि दुवै टोलीले एकदिवसीय सिरिज खेल्नेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार