आर्मीले जित्यो कोसी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिप

विराटनगर : प्रथम कोसी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार विराटनगरमा भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

उपाधिसँगै आर्मीले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता कर्णालीले तीन लाख पायो ।

Dengue

कर्णालीले दिएको १११ रनको लक्ष्य आर्मीले १२.२ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । आर्मीको जितमा तृतराज दासले अविजित ५०, इमरान शेखले ३८, सन्तोष कार्कीले २१ रनको योगदान गरे ।

कर्णालीका दिनेश अधिकारीले एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो । कर्णालीका विपीन रावलले २७, कप्तान रवीन्द्र शाही र मनीष थापाले समान २१ र दिनेश अधिकारीले १२ रन जोडे ।

आर्मीका तृतराज दास, वसिर अहमद, सहाब आलम र सुमित श्रेष्ठले समान दुई विकेट लिए ।

‘प्लेयर अफ दी टुर्नामेन्ट’ र ‘प्लेयर अफ दी फाइनल’ आर्मीका अलराउन्डर तृतराज दास घोषित भए । प्रतियोगिताको उदयमान खेलाडी आर्मीकै नितेश पटेल बने ।

गएको फागुन २२ गतेदेखि सुरु प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार