हल पुग्दा देखियो क्रेज, जोखिम मोलेर कसरी सफल भइन् पूजा ?

कैलाली : शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको फिल्म ‘उपहार’ लामो रेशको घोडा बन्ने विश्वास वितरकको छ । फिल्मको शो टाइम सही तरिकाले नआउँदा व्यापारमा अझै असर परेको वितरकको भनाई छ ।

तर, यो फिल्मले शुक्रबार र शनिबार आक्रामक व्यापार गर्यो । लामो समयपछि अष्टनारायण हलमा हजार दर्शकले एउटै शोमा एकसाथ फिल्म हेरे । फिल्मको रात्रीकालिन शोजहरु पनि हाउसफुल रहे । रातीको ११ बजेसम्म फिल्मकी नायिका पूजा शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा र वितरक करण क्रेजी हलमा पुगिरहेका थिए ।

Dengue

यो फिल्म चल्दा नायिका पूजा शर्माको कामको पनि तारिफ भइरहेको छ । फिल्ममा पूजाले चुलबुले कमेडी क्यारेक्टरमा आफूलाई उभ्याएकी छिन् । यो भूमिकाका लागि सुरुवातमा निर्माणपक्षले अरु नायिकाहरूलाई हेरेको थियो । नायिका बेनिशा हमाललाई पनि यो भूमिकामा अफर गरियो ।

तर, आफ्नो जीवन जिउनका लागि सुगर ड्याडी राख्ने युवतीको भूमिकालाई बेनिशाले स्विकार गरिनन् । उनले, वकिलको भूमिका स्विकार गरिन् ।

पूजाले वकिलको भूमिका छाडेर चुलबुले क्यारेक्टर रोजिन् । अहिले हलमा पुगेका अधिकांश दर्शकले यही भूमिकाको प्रशंसा गरिरहेका छन् ।

उनीहरुले, पूजा शर्माले निर्वाह गरेको भूमिकामा निकै नै रमाइलो गरेको बताए । फिल्मको पहिलो हाफमा पूजाको कमेडी, बेनिशाको पृष्ठभूमि र रेखाको संघर्षले दर्शकको मन जितेको छ ।

हलमा पुगेका अधिकांश दर्शकले प्रशंसा गरेपछि पूजा पनि दंग छिन् । आफूले जोखिम मोलेर काम गरेको भन्दै अहिले सफल भएकोमा उनी खुशी देखिइन् । साथै, उनले आफ्नो बलियो स्टारडमलाई पनि पुष्टि गरेकी छिन् ।

शनिबार अष्टनारायण हलमा गाडीमा उभिएर फ्यानहरुलाई अभिवादन गर्दै गर्दा उनको क्रेज गज्जबको देखिएको थियो । कतिपय युवतीहरू पूजालाई छुन नपाएको भन्दै निराश थिए । यस्तै, हलमा पुगेकी एक जना महिला फ्यानले ‘पूजा आफ्नो सास’ भएको भन्दै प्रतिक्रिया दिएकी थिइन् ।

नेपाली फिल्म क्षेत्रमा महिला केन्द्रित फिल्म निकै कम बन्छन् । यसपटक, पनि तीन नायिकामाथि कमैले मात्र विश्वास गरेका थिए । तर, तीन नायिका यसपटक हलमा हाबी देखिएका छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मले तीन फरक पात्रको कथालाई प्रस्तुत गर्छ । उनीहरुले बाँच्नका लागि गर्ने संघर्ष, सामाजिक दृष्टिकोण र मित्रताको कथा यो फिल्मले भन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार