फ्रेन्डसिप कप : नेपालले टस जित्यो

कैलाली : नेपालले घरेलु टोली हङकङविरुद्ध टस जितेको छ ।

हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेको छ । नेपालले हङकङविरुद्ध एक खेलको फ्रेन्डसीप कपमा खेल्न लागेको हो ।

Dengue

नेपाली टोली अहिले हङकङ भ्रमणमा छ । यो कप पछि नेपालले त्रिदेशीय टी-ट्वान्टी सिरिज खेल्नेछ ।

त्रिदेशीय टी-ट्वान्टी सिरिजमा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन् । हङकङ भ्रमणका क्रममा नेपालले केही मुख्य खेलाडीलाई आराम दिएको छ । त्यसकारण केही नयाँ खेलाडीले मौका पाउने सम्भावना छ । विश्वकप अघि नेपाल हङकङ भ्रमणका क्रममा आफ्नो बेन्च परिक्षण गर्न चाहन्छ ।

नेपाल र हङकङबीच हालसम्म ७ टी-ट्वान्टी आई भएकोमा ४ खेलमा नेपाल विजयी हुँदा ३ मा भने पराजित भएको छ ।

त्रिदेशीय सिरिजमा नेपालको पहिलो खेल फागुन २७ अर्थात मार्च १० मा घरेलु टोलीसँग खेल्ने छ । दोस्रो खेलमा पिएनजीसँग फागुन २९ अर्थात मार्च १२ मा खेल्नेछ ।

समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ । फाइनलमा स्थान बनाउँन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ । मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार