चीन र फ्रान्स आर्थिक सहयोग विस्तार गर्न प्रतिबद्ध

एजेन्सी : चिनिया उपप्रधानमन्त्री हे लिफेङले शुक्रबार फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गरेका छन्। यस क्रममा  दुवै नेताले दुई देशका राष्ट्राध्यक्षले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे।

चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा चीनले आर्थिक र वित्तीय वार्ता सुदृढ गर्न, अटोमोटिभ, उड्डयन र दूरसञ्चार क्षेत्रमा सहयोग विस्तार गर्न तथा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई अघि बढाउन इच्छुक रहेको बताएको छ। 

Dengue

त्यसैगरी फ्रान्सेली मन्त्री माइरेसले फ्रान्स–चीन आर्थिक र व्यापारिक सहयोगमा नयाँ गति बढाउन फ्रान्स चीनसँग सञ्चारलाई बलियो बनाउन इच्छुक रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार