काठमाडौं : भोली कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्र झकिझकाउ सिँगारिएको छ ।
यस वर्षको महाशिवरात्रिका लागि छिमेकी देश भारतबाट सयौँकाे संख्यामा नागाबाबा आइसकेका छन् । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा यस्तो चहलपहल छ । राती २ बजे बाट नै सर्वसाधारणको लागी पशुपतीको मुख्य मन्दीर खुल्ला गरिने भएकाले बिहिबार साँझबाट नै लाखौं भक्तजनहरु पशुपती स्थलमा लाइनमा बसी पालो कुरीरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्