आँखिर किन रिजेक्ट गरिन् श्रद्धाले सलमानलाई ?

एजेन्सी : बलिउड नगरीमा अभिनेता सलमान खानको साथ काम गर्न नचाहने को होला र ! प्राय : अभिनेत्रीको सपना सलमानका साथ काम गर्नेनै हुन्छ र त्यो सपना सबै अभिनेत्रीको पूरा हुन पाएको हुँदैन। तर, अभिनेत्री श्रद्धा कपुरले भने कुनै समय आफूले सलमानको फिल्ममा काम गर्न अस्वीकार गरेको बताएकी छन्।

बलिउडमा आफ्नो छुट्टै स्थान बनाइसकेकी श्रद्धाले आफू १६ वर्षको हुँदा नै सलमानसँग काम गर्ने अफर आएको र आफूले सो अफर अस्वीकार गरेको दाबी गरेकी हुन्।

Galaxy

एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीको क्रममा उनले सो कुरा बताएकी हुन्। तर, आफूले सलमानको कुन फिल्ममा काम गर्न अस्वीकार गरेकी हुन्, त्योचाहिँ उनले खुलाएकी छैनन्।

श्रद्धाले त्यो समयमा आफू आफ्नो पढाइलाई अघि बढाउन चाहेका कारण सलमानसँग काम गर्ने अफर आउ“दा पनि बोस्टन युनिर्भसिटी गएको बताएकी छन्।

हाल ३७ वर्षकी श्रद्धाले सन् २०१० मा फिल्म तीनपत्तीबाट अभिनय करिअर सुरु गरेकी थिइन्। तर, सो फिल्मले श्रद्धाको करिअरलाई गति दिन सकेन। सन् २०१३ मा रिलिज भएको फिल्म आशिकी २ ले भने श्रद्धालाई रातारात स्टार बनाइदिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार