इलाम उपनिर्वाचनः अवस्था बुझ्न रास्वपाले बुर्लाकोटीलाई खटायो, पूर्व बैंकर अनिलकेशरी शाह देखि सहप्रवक्ता रमेश प्रसाईको समेत चर्चा

धनगढी :  आसन्न इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले अवस्था बुझ्न सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाएको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले बुर्लाकोटीलाई इलाम पठाउने निर्णय गरेको हो । उपनिर्वाचनमा टिकट पाइने आशाले अर्को दल छोडेर आउनेलाई उम्मेदवारमा प्राथमिकता नदिने र सकेसम्म स्थानीय उम्मेदवार नै खोज्ने रास्वपाको योजना रहेको छ ।

Dengue

इलाम-२ मा वैशाख १५ गेत उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि रास्वपाबाट पूर्व बैंकर अनिलकेशरी शाह, सहप्रपवक्ता रमेश प्रसाईदेखि पत्रकार मिलन लिम्बूकोसमेत चर्चा हुने गरेको छ । सत्तारुढ दल नेकपा मोओवादी निकटका पत्रकार लिम्बू रास्वपा प्रवेश गरेर उम्मेदवार बन्ने चर्चा चलेपनि त्यो सम्भावना नगरेको रास्वपा स्रोतको भनाइ छ ।

यता लिम्बूले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । रास्वपाले गत वर्ष वैशाखमा भएको उपनिर्वाचनमा तनहुँमा कांग्रेस परित्याग गरेका डा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको थियो । उनले भारी मतकासाथ चुनाव जितेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार