कैलाली : राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर शेयर गर्दै उनले आफु बुवा बनेको खबर सार्वजनिक गरेका हुन् ।
तस्विरसहित चेम्जोङले सबैलाई माया र आर्शीवादका लागी धन्यवाद दिएका छन भने उनले आफ्नो छोरालाई पनि स्वागत गरेका छन्। उनले लेखेका छन, ‘माया र आशीर्वादको लागि सबैलाई धेरै–धेरै धन्यवाद। हाम्रो संसारमा अनन्त खुशीले भर्दै, हाम्रो खुशीको सानो बन्डल यस धर्तीमा आइपुगिसकेको छ। हाम्रो जुनियरलाई यस संसारमा स्वागत छ।
प्रतिक्रिया दिनुहोस्