सावित्रा चम्किँदा नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा

 कैलाली : नेपाली महिला राष्ट्रिय फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुङ्गो लागेको हो । साउदी अरबमा जारी आठ वटा राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा हिजो इराकलाई ५–० ले हराउँदै ६ अङ्क जोडिसकेको छ । हिजोको खेलमा नेपालका लागि सबै गोल सावित्रा भण्डारीले गरेकी हुन् । योसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् ।

Dengue

यस्तै प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । अब समूह चरण अन्तर्गत भोलि सिरिया र इराक तथा प्यालेस्टाइन र नेपाल खेल्नेछन् । नेपाललाई समूह विजेता बन्न बराबरी खेले पुग्ने छ । प्यालेस्टाइनले भने अन्तिम खेलमा नेपाललाई हराए मात्र समूह विजेता बन्नेछ । 

यस्तै अर्को समूहमा ५ पटकको विजेता जोर्डन र लेबनान सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने लेबनान र जोर्डनको खेलले समूह विजेताको छिनोफानो हुनेछ । यस समूहबाट आयोजक साउदी अरब र ग्वाम बाहिरिसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार