बलात्कार मुद्दामा जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत

काठमाडौं : काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन पुगेका छन् ।

अदालतको निर्णयबाट असन्तुष्ट भएका लामिछाने पुनरावेदनका लागि बिहीवार उच्च अदालत पुगेको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।‘हामी अदालत पुगिसकेका छौं । अहिले मुद्दा दर्ताको पक्रिया भइरहेको छ,’ उनले भने ।

Dengue

लामिछाने जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत पुसमा दोषी ठहर भएका थिए । न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणीको मुद्दामा किशोरी साबालिग रहे पनि लामिछाने दोषी रहेको ठहर गरेको थियो ।

जसअनुसार लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

कानूनतः फैसलाको पूर्णपाठ प्राप्त गरेको ७० दिनभित्र लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने प्रावधान राखिएको थियो । उच्चले फैसला नसुनाएसम्म उनले कैदीजीवन बिताउनुपर्ने छैन ।

लामिछानेविरुद्ध गत वर्षको भदौमा एक किशोरीले बलात्कार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार