नेपाल ‘ए’ टीमलाई हराउँदै क्यानडाले जित्यो एकदिवसीय सिरिज

काठमाडौं : नेपाल ‘ए’ टीमलाई पराजित गर्दै क्यानडाले एकदिवसीय सिरिज जितेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले ५८ र आरोन जोन्सनले ४२ रनको योगदान दिए ।

Dengue

यसअघि मुलपानी क्रीकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा समेटिएको थियो ।

नेपालका लागि अशुन्तोष घिरैयाले २८, बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिएका थिए । शेर मल्ल र शाहब आलम शून्य रनमा आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।

बलिङमा क्यानडाका हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २–२ विकेट लिए । कलिम साना र साद बिन जफरले १–१ विकेट लिए ।

यससँगै ३ खेलको एकदिवसीय सिरिज २–१ ले क्यानडाले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा २ विकेटले विजयी भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार