क्रिकेट विश्वकप लिग–२ : नेपाल नामिबियासँग पराजित

कैलाली : क्रिकेट विश्वकप लिग–२ मा नेपाल नामिबियसँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको हो। यससँगै जारी लिग–२ नामिबियाविरुद्ध प्रभावशाली ब्याटिङ गर्न नसक्दा नेपालले दोस्रो खेल पनि गुमाएको छ।

Dengue

१६९ रनको लक्ष्य नामिबियाले ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नामिबियाका लागि गेर्हार्ड ह्रासमसले ५३ र जेजे स्मितले अविजित ३४ रन बनाए।

नेपालका लागि कुशल भूर्तेलले ३ तथा ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र रोहित कुमार पौडेलले १–१ विकेट लिए। ओपनर निकोलस डाभिनलाई रनआउट गर्दा नेपालले पहिलो विकेट पाएको थियो। तथापि जितको लागि पर्याप्त हुन सकेन ।

पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा १६८ रन बनाएर अलआउट भएको थियाे । नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय पारी खेले।
आसिफले ६४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए । नेपालका लागि आसिफको यो एकदिवसीयमा १२ औं अर्धशतक हो।

७ ओभरको अन्तिम बलसम्म ३ विकेट गुमाएर दबाबमा आएको नेपाली ब्याटिङलाई कुशल मल्लको आगमनपश्चात केहि सम्हालिएको थियो। चौथो विकटका लागि कुशल मल्ल र आसिफले ५७ रनको साझेदारी गरेका थिए । यस्तै मल्लले ३६, भीम सार्कीले २६, ओपनर कुशल भूर्तेलले १८ र करण केसीले १२ रन बनाए।

दीपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। नेपालका अनिल साह, देव खनाल र कप्तान रोहित कुमार पौडेल भने डक आउट भएका थिए ।

नामिबियाका लागि बर्नाड स्कोल्ज र जान निकोल लफ्टी एटनले ४–४ विकेट लिएका थिए ।

दोस्रो जित हासिल गरेको नामिबिया ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदा नेपाल भने दोस्रो स्थानमा झरेको छ। अब नेपाल र नेदरल्याण्ड्सबीच आइतबार प्रतिस्पर्धा हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार