सुदूरपश्चिमका वन अधिकृत भट्ट विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

धनगढी : सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा हाजिर गर्दै आएका वन अधिकृत कृष्णदत्त भट्टका विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। प्रदेशको वन निर्देशनालयमा निमित्त वन निर्देशक रहेका वेला घुस बार्गेनिङको भिडियो सार्वजनिक भएका भट्टका विरुद्ध मङ्गलवार भ्रष्टाचारको मुद्दा दर्ता भएको हो।

सुदूरपश्चिम प्रदेशको संसदीय समितिले मुक्ति दिएका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टविरुद्ध २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा चलेको छ। कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनमा वैज्ञानिक वन कार्यक्रममार्फत भएको ३७ हजार क्युफिट काठ कटान प्रकरणमा अख्तियारले मङ्गलवार मुद्दा चलाएको हो। राप्रपा लुम्बिनीका सांसद जानकी प्रसाद यादवसहित १९ जनाविरुद्ध मुद्दा चलाउँदा भट्ट पनि प्रतिवादी रहेका छन्। उनी २०७४–७५ मा कपिलवस्तुका जिल्ला वन अधिकृत थिए।

Dengue

भट्ट विवादास्पद डिभिजनल वन अधिकृत (उपसचिव) हुन्। सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक रहेका वेला उनले मातहतका कार्यालयबाट रकम असुली गर्ने गरेको भिडियो गत साउनमा सार्वजनिक भएको थियो। उनले भिडिओमा धनगढीबाट एक लाख, डोटीबाट ५० हजार, कञ्चनपुरबाट ३० हजार, बैतडीबाट १४ हजार तथा अछाम र बझाङबाट २०–२० हजार पाएको बताएका थिए।

सुदूरपश्चिम सरकारले वन निर्देशक, डिभिजन वन कार्यालय तथा सबडिभिजन वन कार्यालयका प्रमुखहरूको सरुवा गर्ने तयारी गरेका वेला भट्टको भिडियो बाहिरिएको थियो।

तर, सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिले भने उनलाई मुक्ति दिएको थियो। भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको र आधा करोड अनुदान रकम दुरुपयोग गरेको भन्दै उजुरी परेपछि पूर्व वन मन्त्री मानबहादुर धामीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो। उक्त घटनापछि भट्ट विना विभागीय छन्। मन्त्रालयमा उनलाई कुनै जिम्मेवारी छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार