जब भारतमा अदितीलाई ‘हाफ नेपाली हो ?’ भनेर प्रश्न सोधियो…

काठमाडौं– फिल्म ‘कृ’ बाट फिल्ममा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकी यतिबेला बलिउडमा करियर बनाउनका लागि संघर्ष गरिरहेकी छिन् ।

सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने अदिती आफ्ना ग्ल्यामर तस्विरहरुले सबैको ध्यान आफूतिर आकर्षित गरिरहेकी हुन्छिन् ।अदितीका तस्विरहरु हेर्दा उनी कुनै बलिउड अभिनेत्रीभन्दा कम देखिन्नन् । त्यसो त भारतमा अदितीले केहि म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

Dengue

यसैबीच, भर्खरै अदितीले आफ्ना फ्यानहरुसँग ‘आक्स मि अ क्वेइसन’ सेसन चलाएकी थिइन् । प्रश्नोत्तरको क्रममा उनलाई भारतीय फ्यानहरुले विभिन्न प्रश्नहरु सोधेका थिए ।

त्यहि क्रममा अदितीलाई एक जना फ्यानले उनको राष्ट्रियताका बारेमा प्रश्न सोधे । अदितीका अनुसार एक जनाले उनलाई ‘तपाईँ आधा नेपाली–आधा भारतीय हो ?’ भनेर प्रश्न सोधे ।

अदितीलाई ती व्यक्तिले उक्त प्रश्न कुन आधारमा सोधे, त्यो कुरा स्पष्ट छैन । तर उनले सोधेको प्रश्नले अदिती पनि आश्चर्यमा परेकी छिन् ।त्यसैले उनले उक्त प्रश्नलाई सामाजिक सञ्जालमा नै शेयर गरेकी छिन् । अदितीलाई सोधिएको प्रश्नको जवाफमा उनले आफू पूर्ण रुपमा नेपाली भएको बताएकी छिन् ।

शायद अदिती सुन्दर र बलिउड अभिनेत्रीहरु जस्तै हाउभाउमा देखिने भएकाले उनले अदितीलाई भारतीय नै हुन् कि भन्ने आशयले उक्त प्रश्न सोधेको हुनु पर्छ ।

त्यस्तै अर्का एक जनाले अदितीलाई तपाईँ भारतीय अभिनेत्री मधुवाला जस्तै देखिनु हुन्छ, तपाईँलाई थाहा छ ? भनेर प्रश्न गरेका छन् ।यसको जवाफमा अदितीले एउटा आश्चर्यमा परेको इमोजी शेयर गर्दै अंग्रेजी भाषमा जवाफ दिएकी छिन् । मधुवाला जस्तो देखिनु हुन्छ भन्ने प्रश्नको जवाफमा अदितीले ‘नो वे’ भनेर लाजले मुख छोपेको इमोजी राखेकी छिन् ।

अदिती लेख्छिन् – ‘म मधुवाला जीको ठूलो फ्यान हुँ । उनी सधावाहार र दिग्गज अभिनेत्री हुन्, तर म उहाँ जस्तो देखिन्छु भन्ने कुरा भने सत्य होइन होला ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार